१५ वटा पसलबाट १ लाख ४५ हजार जरिवाना
काठमाडौं, असोज १९ : जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न सरोकारवाला निकायहरुबाट काठमाडौं जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिएको छ। गत...
काठमाडौं, असोज १९ : जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न सरोकारवाला निकायहरुबाट काठमाडौं जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिएको छ।
गत सोमबार काठमाडौंका विभिन्न स्थानका खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका कुल ३२ वटा पसलमा बजार अनुगमन गरिएकोमध्ये १५ वटा पसल जरिवानाको दायरामा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उक्त १५ पसलमध्ये कुल रु १ लाख ४५ हजार जरिवाना, केही पसलहरुलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण माग गरिएको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











