Kathmandu Press

एमालेको नाराबाजीबीच प्रतिनिधिसभामा दलित आयोगको प्रतिवेदन पेश

एमालेको नाराबाजीबीच प्रतिनिधिसभामा दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं, असोज १९ : प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । 

मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरे । 

सभामुख सापकोटाले पटक–पटक सभाको बैठक सुचारु गर्न दिनका लागि आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध गरिरहे। 

एमालेको अवरोधकाबीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ को प्रस्तुत गर्न समय दिए। 

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ।

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्