Kathmandu Press

परराष्ट्र मन्त्री डा. खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

चिनियाँ राजदूत होऊ यांकीले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेकी छन् ।
परराष्ट्र मन्त्री डा. खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं, असोज १९ : चिनियाँ राजदूत होऊ यांकीले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेकी छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा. खड्कासँग शिष्टाचार भेट गरेकी हुन् ।

‘विगत दुई मुलुकका नेताहरूबीच भएका महत्त्वपूर्ण सहमतिको कार्यान्वयन तथा विभिन्न क्षेत्रमा नेपाल–चीन द्विपक्षीय सहयोगलाई अझ बढाउनेबारे भेटमा छलफल भयो,’ राजदूत होऊले उल्लेख गरेकी छन्, ‘नेपालका परराष्ट्र मन्त्रीसँग मिलेर काम गर्न इच्छुक रहेको जानकारी मैले भेटमा गराएँ ।’

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्