Kathmandu Press

कर्णालीमा २५ हजार मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत, साउन १९ : कर्णालीका हिमाली तथा पहाडी सात जिल्लामा यस वर्ष पनि खाद्यान्न अभाव हुने भएको छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा ....

कर्णालीमा २५ हजार मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत, साउन १९ : कर्णालीका हिमाली तथा पहाडी सात जिल्लामा यस वर्ष पनि खाद्यान्न अभाव हुने भएको छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सात जिल्लालाई खाद्य सुरक्षाको सूचिमा राख्दै खाद्यान्न अभाव हुने जनाएको छ। सात जिल्लामा  दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु रहेका छन्।

Hardik ivf

मन्त्रालयका अनुसार, आवश्यकता भन्दा कम खाद्यान्न उत्पादन हुने भएकाले समस्या हुने जनाएको छ। कर्णालीमा वर्षेनी २५ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा तीन लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ। तर, तीन लाख २६ हजार पाँच सय मेट्रिकटन खाद्यान्न मात्र उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ।

खेतीयोग्य जमीन खण्डीकरण हुनु र जमीन बाँझै राख्नाका साथै सिँचाइको अभाव र उन्नत जातको बीउ अभावका कारण कर्णालीले वर्षेनी खाद्य सङ्कटको समस्या भेल्नुपरेको जनाएको छ। त्यसै हिमाली जिल्लामा फलफूल र तथा जडीबुटी मात्र उत्पादन हुने भएकाले पनि वर्षेनी बाहिरबाट खाद्यान्न्न आयात गर्नुपर्ने अवस्था रहेको औल्याएको छ।

मन्त्रालयका प्रवक्ता हरि पण्डितले कृषि सडक तथा कृषि सिँचाइतर्फ आफ्नै प्राविधिक कर्मचारी नहुँदा समस्या भएको, विभिन्न आयोजना र उपआयोजनाको ‘डिजाइन स्टिमेट’ नहुँदा समस्या भएको बताए। भौगोलिक विकटता, स्रोत साधनको कमी, खाद्य तथा पोषणको असुरक्षालगायत चुनौती भएको उनको भनाइ छ।

 

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, साउन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्