Kathmandu Press

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

काठमाडौं, असोज १९ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

प्रधानन्यायाधीश राणाले मंगलबार बस्ने गरि बैठक बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत बिदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको हो।
 
सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ।

प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्