Kathmandu Press

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज १९ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सयले रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ कायम गरिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज १९ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सयले रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ कायम गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको हो। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।
 

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, असोज १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्