Kathmandu Press

श्री एयरलाइन्सको जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसे मैदानमा

श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा चिप्लिएको छ।
श्री एयरलाइन्सको जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसे मैदानमा

काठमाडौं, असोज १९ : श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा चिप्लिएको छ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार  नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा चिप्लिएर घाँसतिर पुगेको हो ।

पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको विमानस्थलले जनाएको छ । जहाजमा भने कुनै क्षति भएको छैन।

 जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्