सुदृढ एकता विधान महाधिवेशनको सन्देश : भट्टराई
काठमाडौं, असोज १९ : नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश...काठमाडौं, असोज १९ : नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन्।
ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको बताएका हुन्।
उनले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पु¥याउन आग्रह गरे। चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो।
प्रकाशित मिति: ०९:३९ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१