आईपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा
काठमाडौं, असोज १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स शीर्षस्थानमा उक्लिएको छ।गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई तीन...
काठमाडौं, असोज १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स शीर्षस्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई तीन विकेटले पराजित गरेको हो। चेन्नईले दिएको एक सय ३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।
दिल्लीका लागि शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले २८ रन बताए। चेन्नईका लागि रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो। चेन्नईका अम्बाती रायडुले अविजित ५५ रन बनाए।
अंक तालिकाको शीर्ष स्थानमा रहेको दिल्लीले १३ खेलमा २० अङ्क जोडेको छ। त्यस्तै, १८ अङ्क सहित चेन्नई दोस्रो स्थानमा छ।
प्रकाशित मिति: ०६:४२ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











