Kathmandu Press

फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएप डाउन

नेपाली समयानुसार राती ९ः३० बजे आसपास विश्वभर फेसबुकलगायत एपहरु डाउन भएका हुन्।
फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएप डाउन

काठमाडाैं, असोज १८ः आज (सोमबार) विश्वभर फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएपमा समस्या आएको छ। नेपाली समयानुसार राती ९ः३० बजे आसपास विश्वभर फेसबुकलगायत एपहरु डाउन भएका हुन्।

समस्या आएका चारवटै सामाजिक सञ्जाल फेसबुकको अधिनमा छन्। कुनै एप वा वेबसाइटमा समस्या आउँदा रिपोर्ट गरिने वेबसाइट डाउन डिटेक्टरमा त्यसयता लाखौं रिपोर्ट र कम्प्लेनहरु आएका छन्। 

स्मार्टफोनका साथसाथै डेक्सटप र ल्यापटप ब्राउजरमा पनि यी एप्स चलेका छैनन्। ब्राउजसमा ‘५०० सर्भर एरर’ सन्देश देखाएर पेज लोड गर्न समस्या भएको देखाइरहेको छ भने एन्ड्रोइड तथा आईओएस एप्समा न्युजफिड लोड भइरहेको छैन।

ह्वाट्सएप र मेसेन्जरमा पनि पठाइएका मेसेजहरु डेलिभर भइरहेका छैनन् भने इन्स्टाको फिड र मेसेज दुवैमा समस्या देखाइरहेको छ।

फेसबुक कम्पनीअन्तर्गतका यी चार सामाजिक सञ्जाल विश्वमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल तथा मेसेजिङ एप्समा पर्दछन्।

प्रकाशित मिति: २२:४० बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्