सिद्धार्थ बैंकको नाफा दुई अर्ब ३० करोड
काठमाडौं, साउन १९ : सिद्धार्थ बैंक लिमिटेडले दुई अर्ब ३० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ।
यो गत वर्षभन्दा २१.२५ प्रतिशतले बढी हो। बैंकले व....

काठमाडौं, साउन १९ : सिद्धार्थ बैंक लिमिटेडले दुई अर्ब ३० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ।
यो गत वर्षभन्दा २१.२५ प्रतिशतले बढी हो। बैंकले वर्ष दिनमा ४० करोडले नाफा बढाएको हो। बैंकको आधार दर १०.५७ प्रतिशत हुदाँ प्रति सेयर आम्दानी साढे २६ रुपैयाँ रहेको छ।
बैंकले खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढाएको छ। बैंकले चार अर्ब ६७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्ष एक खर्ब चार अर्ब रुपैयाँ कुल कर्जा लगानी प्रवाह गरेको छ।
बैंकले एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। पूँजीकोष अनुपात १२.६ प्रतिशत छ। बैंकले ४.०७ प्रतिशत ब्याज स्प्रेडमा काम गरिरहेको छ।
प्रकाशित मिति: १२:४७ बजे, आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
