Kathmandu Press

कांग्रेस गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत

काठमाडौं, असोज १८ : नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् ।पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको जिल्ला पार्टीको...
कांग्रेस गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत
फाइल तस्बिर

काठमाडौं, असोज १८ : नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् । त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए ।

उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध थिए  ।

नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि सबैभन्दा बढी मत प्राप्त गरेका थिए । 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्