देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
काठमाडौं, असोज १८ : देशका विभिन्न भागमा आज ६ जना मृत्त अवस्थामा फेला परेका छन् । काठमाडौं, सल्यान, पर्वत, मकवानपुर, दोलखा र चितवनमा...
काठमाडौं, असोज १८ : देशका विभिन्न भागमा आज ६ जना मृत्त अवस्थामा फेला परेका छन् । काठमाडौं, सल्यान, पर्वत, मकवानपुर, दोलखा र चितवनमा गरी ६ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बिपुल चोक डेरा गरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय कृष्ण तामाङको कोठामा आई सुतेका उनको साथी सोलुखुम्बु घर भएका २२ वर्षीय दिबाकर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यानको कपुरकोट गाउँपालिका ५ डाँडागाँउ बस्ने ५० वर्षीय लोक बहादुर खत्री सोही ठाउँस्थित तरकारी सिँचाइको लागि पानी जम्मा गरेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ जौवारी बस्ने ६४ वर्षीय धनलाल विक आफ्नै घरको आगँनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको हेंटौडा उपमहानगरपालिका ९ सुकुम्बासी बस्ती डेरा गरी बस्ने हेटौंडा औद्योगिक क्षेत्र बिस्कुट फ्याक्ट्रीमा काम गर्ने बारा जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंज घर भएका ३० वर्षीय सम्शेर बानियाँ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, दोलखाको कालिन्चोक गाउँपालिका ६ लेप्टुङ बस्ने ५० वर्षीय नेत्र बहादुर खड्का घरबाट करिब २ सय मिटर टाढा रहेको पाडे खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १७ गाजिपुरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय र करिब ६० वर्षीय २ जना पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।











