Kathmandu Press

पुँजी बजारको विकास र विस्तारबारे ध्यानाकर्षण

पुँजी बजारको विकास र विस्तारबारे ध्यानाकर्षण

काठमाडौं, असोज १८ : नेपालको पुँजी बजारको विकास र विस्तारका माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ।

शेयर बजार निरन्तर घट्न थालेपछि आज विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको छ। 

पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा नकारात्मक असर परेको फोरमका अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘लगानीमैत्री नीति निर्माणमा जोड दिएर बजारप्रति जनताको आकर्षण बढाउन र लगानी सुरक्षाको प्रत्याभूति दिलार्इ बजारको विश्वसनियता बढाउन नीतिगत सुधार आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।  

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकामा राखिएको शेयर धितो कर्जामा रहेको सीमासम्बन्धी व्यवस्था खारेज गर्नुपर्ने, नयाँ ब्रोकर सङ्ख्या थप्नुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिनुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखको नियुक्ती यथाशक्य चाँडो गर्नुपर्नेलगायत माग फोरमले विज्ञप्तिमार्फत राखेको छ।  

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, असोज १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्