थपिए १०३० संक्रमित, १००० जना संक्रमणमुक्त, १० को मृत्यु
५,८९३ जनामा गरिएको पिसिआर परीक्षणबाट ८१२ र ४९८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, असोज १८ : पछिल्लो २४ घन्टामा देशभरिमा १,०३० जना कोरोना संक्रमित थपिएका छन्।
५,८९३ जनामा गरिएको पिसिआर परीक्षणबाट ८१२ र ४९८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९८,००४ जनामा र एन्टिजेन परीक्षणबाट ९२,२५२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा १,००० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७०,२२४ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१७४ पुगेको छ।
अहिले देशभरिमा १६,६०६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १५,५३४ जना होम आइसोलेसनमा र १,१५२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी ३५१ सजनको आईसियुमा उपचार भइरहँदा ११८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।











