Kathmandu Press

‘सभामुख पदको न्यायका लागि दिलभित्रैबाट प्रण गरिरहेको छु’

काठमाडौं, असोज १८ : सभामुख अग्निप्रसाद सापकोटाले हाल आफू बहाल रहेको पदलाई न्याय गर्नुपर्छ भन्नेमा दिलभित्रैबाट प्रण गरिरहेको बताएका छन्।संघीय संसद सचिवालय कर्मचारी युनियनले...
‘सभामुख पदको न्यायका लागि दिलभित्रैबाट प्रण गरिरहेको छु’

काठमाडौं, असोज १८ : सभामुख अग्निप्रसाद सापकोटाले हाल आफू बहाल रहेको पदलाई न्याय गर्नुपर्छ भन्नेमा दिलभित्रैबाट प्रण गरिरहेको बताएका छन्।

संघीय संसद सचिवालय कर्मचारी युनियनले आउँदै गरेका दसैं, तिहार, छठलगायत विभिन्न चाडपर्वका अवसरमा आज (सोमबार) सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको स्पष्ट पारे।

प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख सापकोटामाथि पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै आइरहेको छ। सोही विषयलाई लिएर एमालेले निरन्तर संसद अवरुद्ध पारिरहेका छन्।

एमालेबाट हुँदै आइरहेको गतिविधिलाई संकेत गर्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको र संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिबद्धता रहेको उल्लेख गरे।

उनले संसदको कार्यभार असाधारण र असामान्य भएको बताउँदै  त्यसलाई पूरा गर्न सबैलाई एकताबद्ध भएर प्रस्तुत हुन आग्रह गरे। 

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्