साल्ट ट्रेडिङले २० प्रतिशत बाेनस सेयर दिने
काठमाडौं, असोज १८ : साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ।कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले ५ प्रतिशतका दरले...
काठमाडौं, असोज १८ : साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले ५ प्रतिशतका दरले नगद लाभांश (९६ लाख १ हजार २ सय ३० रुपैयाँ) र चुक्ता पुँजीको २० प्रतिशत (३ करोड ८४ लाख ४ हजार ९ सय २० रुपैयाँ) बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो।
कात्तिक १६ गते कम्पनीको वार्षिक साधारणसभा गर्ने निर्णय पनि भएको र त्यसका लागि कात्तिक २ गतेदेखि १६ गतेसम्म सेयर दाखिला खारेज बन्द गर्नेसमेत निर्णय गरिएको प्रबन्धक उवं कम्पनी सचिव उमेहकुमार ओझाले बताएका छन्।
नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिनेछ।
प्रकाशित मिति: १६:३५ बजे, सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











