एमालेमा मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ : प्रचण्ड
काठमाडौं, असोज १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विचार र सिद्धान्त नभएको पार्टी भएको बताएका छन्।आज (सोमबार) नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई...
काठमाडौं, असोज १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विचार र सिद्धान्त नभएको पार्टी भएको बताएका छन्।
आज (सोमबार) नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमालेमा सूर्य चिह्न, मदन भण्डारी, जबज रहेको तर विचारमा कुनै बहस हुने अवस्था नरहेको बताए। अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको आरोप लगाए।
एमालेमा सबैले आफ्नो पद र प्रतिष्ठाका लागि मात्र काम गर्ने गरेको र त्यही स्वार्थले गर्दा मिल्ने गरेको उनले आरोप लगाए।
एमालेमा दोस्रो पुस्ता विचारमा प्रस्ट रहेको, बौद्धिक रहेको भन्ने कुरा पनि भ्रम नै रहेको प्रचण्डले बताए। उनीहरूका विचार, सिद्धान्त यही लोगो, विज्ञापन, आत्मसमर्पणमामा गएर टुंगिउको, विचार समाप्त भएको उल्लेख गरे।
प्रकाशित मिति: १४:५६ बजे, सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











