Kathmandu Press

विधान महाधिवेशनले पार्टी एकताबद्ध र मजबुत रहेकाे पुष्टि गरेको छ : उपमहासचिव पाैडेल

काठमाडौं, असोज १८ : एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेकाले पार्टी एकताबद्ध र मजबुत दाबी गरेका छन्।शुक्रबार उद्घाटन भई आइतबार सम्पन्न विधान महाधिवेशनका...
विधान महाधिवेशनले पार्टी एकताबद्ध र मजबुत रहेकाे पुष्टि गरेको छ : उपमहासचिव पाैडेल

काठमाडौं, असोज १८ : एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेकाले पार्टी एकताबद्ध र मजबुत दाबी गरेका छन्।

शुक्रबार उद्घाटन भई आइतबार सम्पन्न विधान महाधिवेशनका सन्दर्भमा आज (सोमबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसैबाट फरक मत दर्ज नगरिएकाले पार्टी विचार, संगठनलगायत सबै हिसाबले एकताबद्ध र मजबुत रहेको जिकिर गरे।

संगठन विभाग प्रमुखसमेत रहेका पौडेलले कसैले औपचारिक रुपमै फरक मत नराखेको अवस्थामा पार्टीको निर्णयसँग सहमत भएको मान्न सकिने बताए।

‘पार्टीको औपचारिक बैठक, आधिकारिक निकाय, महाधिवेशनमा नेता-कार्यकर्ताले आफ्नो विचार व्यक्त गर्छ, त्यसलाई आधार मानेर कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ,’ उपमहासचिव पौडेलले भने, ‘त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले फरक मत दर्ज गर्नुपर्छ। त्यसलाई फरक मत मानिन्छ।’ तर त्यस्तो कुनै फरक मत नआएको उनले बताए।  

विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको उपमहासचिव पौडेलको भनाइ थियो।

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्