Kathmandu Press

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, असोज १८ : परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्री खड्कालाई भेट्न आज (सोमबार) राजदूत बेरी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए। खड्का मन्त्री नियुक्त भएपछि पहिलोपटकको भेट भएकाले बेरीले नयाँ जिम्मेवारी सम्हालेको भन्दै बधाईसमेत दिएका थिए ।

भेटका अवसरमा उक्त अवसरमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय मञ्चहरुमा साझेदारीबारे कुराकानी भएको  परराष्ट्र  मन्त्रालयले जनाएको छ।

मन्त्री खड्काले राजदूत बेरीलाई नेपालको विकासमा पहल र कोरोना संक्रमणविरुद्धको लडाइँमा सहयोग गरेको भन्दै अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएको परराष्ट्र  मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्