Kathmandu Press

भारतमा २२ हजार बढी कोरोना सङ्क्रमित थपिए

नयाँ दिल्ली, असोज १८ : भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु...
भारतमा २२ हजार बढी कोरोना सङ्क्रमित थपिए

नयाँ दिल्ली, असोज १८ : भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु  भएको छ ।  

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन आइतबार बिहान सार्वजनिक जानकारीअनुसार शनिबार एक दिनमा २२ हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका थिए। शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। 

Hardik ivf

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो। सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन्। अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ। 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो संख्या २०० दिन यताको नै कम हो। भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ।  

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो। आइतबार दिनभर २० हजार ७९९ सङ्क्रमित हुँदा २६ हजार ७१८ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। 

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन्। भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ४२ लाख जना कोरोना परीक्षण गरिएको छ। 

भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ७९ लाख ३२ हजार भन्दा बढी डोज खोप लगाइएको छ। 
 

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्