Kathmandu Press

इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ

एड्डिस अबाबा, असोज १८ : इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन्।गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले...
इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ

एड्डिस अबाबा, असोज १८ : इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन्।

गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि सोमबार शपथ लिएका हुन्। जुन महिनामा  प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ।

अबीले सर्वोच्च अदालतका मुख्य न्यायाधीश मेजा आशेनाफीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

संसद्को तल्लो सदनका सभामुख र उपसभामुखले पनि सोमबार शपथ लिएका छन्।
 

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, असोज १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्