Kathmandu Press

इटालीमा भएको जहाज दुर्घटनामा आठ जनाको मृत्यु

इटालीमा भएको जहाज दुर्घटनामा आठ जनाको मृत्यु

रोम, असोज १८ : इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ।

सो विमान निजी र सानो रहेको थियो। सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो। उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो।

उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ। सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ।

यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन्। बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ। प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ। 

ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, असोज १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्