Kathmandu Press

साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

साना, असाेज १८ : यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ।प्राप्त समाचारअनुसार उक्त...
साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

साना, असाेज १८ : यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ।

प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन्। 

Hardik ivf

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ। उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् ।मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो।

उक्त हवाई आक्रमणमा २८ जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ। उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ। यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्।

आइतबारको कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्