Kathmandu Press

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं, असोज १८ : बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुन लागेको हो। 

प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरै अग्राधिकार प्राप्त उक्त रिटको सुनुवाइ तोकिएको छ। 

जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू​लाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै न्यौपानेले अख्तियारविरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन ।

बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियारले थुप्रैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

 

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्