Kathmandu Press

भाडा वृद्धि माग गर्दै लामो दुरीका यातायातले गरे सडक अवरोध

काठमाडौं असोज १८ :  लामो दुरीका सार्वजनिक यातायातले भाडा वृद्धि माग गर्दै सडकमा बस राखेर अवरोध गरेका छन। काठमाडौं उपत्यकामा सार्वजनिक यातायात केन्द्रिय महासंघससँग...
भाडा वृद्धि माग गर्दै लामो दुरीका यातायातले गरे सडक अवरोध
तस्बिरः सुजल बज्राचार्य / काठमाडौं प्रेस

काठमाडौं असोज १८ :  लामो दुरीका सार्वजनिक यातायातले भाडा वृद्धि माग गर्दै सडकमा बस राखेर अवरोध गरेका छन। 

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात केन्द्रिय महासंघससँग आवद्ध लगभग ७२ वटा कम्पनीले बस सडकमा राखेर  अवरोध गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले जनाएको छ ।  

महासंघ नेपालका महासचिव भरत नेपालले प्रदेशले भाडा बढाउन नमानेको आरोप लगाए । उनले भने, ‘पेटोलियमको मुल्य बढिरहेको छ केन्दीय सरकारले भाडा बढाएको छ । तर, प्रदेशले भाडा बढाउन मानेन ।’ 

उनका अनुसार, गत असारमा बढ्दो महँगी, पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत गाडीको स्पेयर पार्टसहरुको मूल्य वृद्धिलाई मध्यनजर गर्दै लामा दुरीका बाहेकका बसको भाडा २८ प्रतिशत बढाएको थियो । 

‘हामीले भाडा थप गर भनेका होइनौं, केन्द्रले बढाएको भाडा लामो दुरीका यातायातमा पनि लागू गर्नुपर्ने माग राखेका हौँ,’ उनले भने ।   

व्यवसायीहरुले चक्रपथ, कोटोश्वर, ग्वाखु, चावहिलमा लामो दुरीका बस तेर्स्याएर राखेका छन् । 


प्रकाशित मिति: ११:३१ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्