अमेरिकामा फेरि बन्दुक आक्रमण, २० को मृत्यु, २६ घाइते
काठमाडौं, साउन १९ : अमेरिकामा फेरि अर्को बन्दकु आक्रमण भएको छ। आजबिहान भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन्।
टेक्सास श....

काठमाडौं, साउन १९ : अमेरिकामा फेरि अर्को बन्दकु आक्रमण भएको छ। आजबिहान भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन्।
टेक्सास शहरको अल पासोस्थित सेलो भिस्टा मलनजिक एक युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार, २१ वर्षीय युवकले गोली चलाएका हुन्। उनको नाम प्याट्रिक क्रुसियस रहेको जनाएको छ।
अल पासोका प्रहरी प्रमुख ग्रेग अलेनका अनुसार, २० जनाको मृत्यु भएको छ। केहीको घटनास्थलमै र केहीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, गोली प्रहारबाट २६ जना घाइते छन्। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ।
मृतक र घाइतेको नाम सार्वजनिक गरिएको छैन। उनीहरू सपिङ मलमा आएका सर्वसाधारण रहेको जनाएको छ।
त्यहाँका गर्भनर ग्रेग एबोटले यसलाई दुःखक घटना भनेका छन्। उनले यसलाई अमेरिकी इतिहासका दुःखद घट्नामध्येको एक भनेका छन्।
त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै यसलाई घृणित घटना भनेका छन्।












