Kathmandu Press

साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं, असोज १८ : साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपाल र श्रीलंकाबीच खेल हुन लागेको छ।मालदिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा राति ९ः४५ बजे नेपाल...
साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं, असोज १८ : साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपाल र श्रीलंकाबीच खेल हुन लागेको छ।

मालदिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा राति ९ः४५ बजे नेपाल र श्रीलंकाको खेल हुनेछ। यसअघि मालदिभ्ससँगको खेलमा नेपालले जित निकालेको थियो।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्ध जितका लागि मैदानमा उत्रिने बताएका छन्। तर, श्रीलंकासँगको खेल चुनौतीपूर्ण हुने उनको भनाइ छ।

श्रीलंकाले यसअघिको खेलमा बंगलादेशसँग पराजय भोगेको थियो। आजको खेलमा श्रीलंका पनि पहिलो जित निकाल्ने योजनासहित मैदानमा उत्रिनेछ।

आजै दिउसो ४ः४५ बजे भारत र बंगलादेशबीच खेल हुनेछ।

 

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्