Kathmandu Press

इपिएल : सिटी र लिभरपुलले खेले बराबरी, टोटनहम विजयी

काठमाडौं, असोज १८ : इंग्लिस प्रिमियर लिगका दुई ठूला क्लब म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्।गएराति एन्डफिल्डमा भएको रोमाञ्चक खेलमा सिटी र...
इपिएल : सिटी र लिभरपुलले खेले बराबरी, टोटनहम विजयी

काठमाडौं, असोज १८ : इंग्लिस प्रिमियर लिगका दुई ठूला क्लब म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्।

गएराति एन्डफिल्डमा भएको रोमाञ्चक खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन्।

लिभरपुलविरुद्ध दुई पटक पछि परेको अवस्था उल्टाउँदै सिटीले बराबरी खेलेको हो। लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गरे भने सिटीका फिल फोडेन र केभिन डे ब्रुयनले गोल गरे।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बरारबीमा सकिएको थियो। खेलको ५९औं मिनेटमा मानले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनले सलाहको पासमा गोल गरेका थिए।

त्यसको ठिक १० मिनेटपछि सिटीले बराबरी गोल फर्कायो। ६९औं मिनेटमा ग्याब्रिअल जेसुसको पासमा फिल फोडेनले गोल गरेका थिए।

खेलको ७६औं मिनेट मोहम्मद सहाल गोल गर्दै पुनः लिभरपुलाई अग्रता दिलाए। ८१औं मिनेटमा डे ब्रुयनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

खेलमा ६४ प्रतिशत बल पोजेसन बनाएको सिटीले १३ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो। यता, लिभरपुलले ६ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।

बराबरी खेलेपछि दुवै टिमले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएका छन्। १५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने १४ अंकसहित सिटी तेस्रो स्थानमा छ। १६ अंक जोडेको चेल्सी शीषए स्थानमा छ।

यस्तै अन्य खेलमा टोटहमले एस्टनभिल्लामाथि २–१ को जित निकाल्दा ब्रेन्टफोर्डले वेस्टह्यामलाई पनि २–१ ले नै हरायो। यस्तै, लेस्टर सिटी भने २ गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकियो।

 

प्रकाशित मिति: ०६:३६ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्