दोलखामा कांग्रेस जिल्ला सभापतिका लागि पुनः निर्वाचन हुने
काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको दोलखा जिल्ला कार्यसमितिको नेतृत्व (सभापति) चयनका लागि पुनः निर्वाचन हुने भएको छ।सभापतिका ४ जना प्रतिस्पर्धीमध्ये कसैले पनि...
काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको दोलखा जिल्ला कार्यसमितिको नेतृत्व (सभापति) चयनका लागि पुनः निर्वाचन हुने भएको छ।
सभापतिका ४ जना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण सबैभन्दा बढी मत ल्याउन २ प्रतिस्पर्धीबीच पुनः चुनाव हुन लागेको हो।
जिल्ला अधिवेशनमा खसेको सबै मत गन्दा बर्मा लामाले सबैभन्दा बढी ६४३ मत ल्याएका छन्। यस्तै, तारा खड्काले ३९७, रुद्र बहादुर खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरेका छन्।
अब जिल्ला सभापतिका लागि बर्मा लामा र तारा खड्काबीच पुनः प्रतिस्पर्धा हुने भएको हो। सभापति चयनका लागि सोमबार निर्वाचन हुने जिल्ला अधिवेशन निर्वाचन समितिले जानकारी दिएको छ।
प्रकाशित मिति: २०:५४ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











