Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बढ्यो

सुदूरपश्चिम, असोज १७ : सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको...
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बढ्यो

सुदूरपश्चिम, असोज १७ : सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको थियो। प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३५३ छन्। 

कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९५४ समेत जम्मा तीन लाख ५२ हजार २२९ जनाको नमूना परीक्षण भइसकेको छ। नमूना परीक्षण भएकामध्ये ४७ हजार २९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

Hardik ivf

सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५९८ जना सङ्क्रमणमुक्त भएका छन्। पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ। स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताए। 

पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो। पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन्। 

गएको २४ घण्टामा डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: २०:२२ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्