Kathmandu Press

गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

काबुल, असोज १७ : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन्।जलालाबाद शहरमा शनिबार साँझ...
गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

काबुल, असोज १७ : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन्।

जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ। बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन्। 

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका जनाइएको छ। एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेएससि) ले हत्याको निन्दा गरेको छ। गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन्।

अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन्।

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्