Kathmandu Press

ट्रम्पले गरे ट्विटर खाता पुनर्स्थापित गर्न माग

न्युयोर्क, असोज १७ : पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन्।ट्रम्पको ट्विटर कम्पनीले...
ट्रम्पले गरे ट्विटर खाता पुनर्स्थापित गर्न माग

न्युयोर्क, असोज १७ : पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन्।

ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो।

Hardik ivf

ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन्। प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लङ्घन गरेको बताएका छन्।

यद्यपि ट्विटरले ट्रम्पको फाइलिंगमा शनिबार टिप्पणी गर्न भने अस्वीकार गरेको छ।

जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट काँग्रेसलाई रोक्नका लागि उनका अनुयायीहरूले हिंसात्मकरूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायीरूपमा प्रतिबन्ध लगाएको थियो। ट्विटरका माध्यमबाट ट्रम्पले थपहिंसा भड्काउने आँकलन गर्दै कम्पनीले उनको खातामा प्रतिबन्ध लगाएको जनाएको छ।प्रतिबन्ध अघि ट्रम्पको ट्विटरमा करीब ९ करोड ८० लाख फलोअर्स थिए।

ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थपहिंसा भड्काउने सम्भावनालाई मूल्याङ्कन गर्दै फेसबुक र गुगलको यूट्यूबबाट समेत निलम्बन गरिएको थियो। फेसबुकको प्रतिबन्ध २०२३ जनबरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ।

जुलाईमा ट्रम्पले फ्लोरिडाको दक्षिणी जिल्लाका तीनवटा टेककम्पनीहरू र त्यसका सीईओबिरुद्ध आफू र आफ्ना समर्थकलाई गलत तरिकाले निषेध गरिएको दाबी गर्दै अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्