Kathmandu Press

माली बम आक्रमणमा एक शान्ति सेनाको मृत्यु  ४ जना घाइते

संयुक्त राष्ट्रसंघ असोज १७ : मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमापरी संयुक्त राष्ट्रसंघबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ। आक्रमणमा...
माली बम आक्रमणमा एक शान्ति सेनाको मृत्यु  ४ जना घाइते

संयुक्त राष्ट्रसंघ असोज १७ : मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमापरी संयुक्त राष्ट्रसंघबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ। आक्रमणमा अन्य चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसंघले शनिबार जनाएको छ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले भने, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको काफिलामा हमला टेसालिट नजिकै भएको थियो।

Hardik ivf

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मालीका अधिकारीहरुलाई आक्रमणकारीहरूको पहिचान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्, ताकि उनीहरुलाई छिटो भन्दा छिटो न्यायको दायरामा ल्याउन सकियोस्। महासचिव गुटेरेसले शान्ति सेनाहरू बिरूद्धका हमलाहरू अन्तरराष्ट्रिय कानून बमोजिम युद्ध अपराध हुनेबताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मालीका अधिकारीहरूलाई फोन गरी संयुक्त राष्ट्रसंघले माली सरकार र जनतालाई दिएको समर्थनको पुष्टि गरे र मारिएका इजिप्टका सैनिकको परिवारप्रति र सरकार  एवं इजिप्टका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै आक्रमणका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

माली २०१२ देखि एक इस्लामिक चरमपन्थी विद्रोहलाई नियन्त्रण गर्न कोसिस गरिरहेको छ। २०१३ को फ्रान्सेली नेतृत्वको सैन्य अभियानको सहयोगमा मालीको उत्तरी शहरहरूमा चरमपन्थी विद्रोहीहरुलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो।
विद्रोहीहरु चाँडै मरुभूमिमा पुनर्गठित भए अनि मालीकासेना र यसका सहयोगीहरूका विरुद्ध निरन्तर हमला गरिरहेका छन् ।

चरमपन्थीहरुले मध्य मालीसम्म आफ्नो पहुँच विस्तार गरेका छन्, जहाँ उनीहरूको उपस्थितिले यस क्षेत्रका जातीय समूहहरू बीच तनाव बढेको छ।

इस्लामिक चरमपन्थीहरूले उत्तरका प्रमुख शहरहरुको नियन्त्रण लिए पछि संयुक्त राष्ट्रसंघीय शान्ति मिशन २०१३ देखि मालीमा रहेको छ। यो शान्ति सेनाका लागि सबैभन्दा घातक बनेको छ।

प्रकाशित मिति: १९:२४ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्