Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ३३७ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु 

काठमाडौ, असोज १७ : गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो चौबिस घण्टामा ७५५ जनामा गरिएको नमूना परीक्षणमा तीन...
गण्डकी प्रदेशमा थपिए ३३७ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु 

काठमाडौ, असोज १७ : गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो चौबिस घण्टामा ७५५ जनामा गरिएको नमूना परीक्षणमा तीन दिनमा प्रदेशमा ३११६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५५ महिला ६१ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

Hardik ivf

केन्द्रका अनुसार कास्की ६९, स्याङ्जा २४, म्याग्दी ३, लमजुङ ५, तनहुँ ११ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ८७६ पुगेको छ । गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा– १३ का ९७ बर्षिय पुरुष, पोखरा–३ का ५३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका –६ का ७७ वर्षीय पुरुष र भानु नगरपालिका–२ का ५१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार २९४ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २१६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १८:५७ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्