आगलागीबाट धनमाल जलेर नष्ट
झापा, असोज १७ : भद्रपुर नगरपालिका १ सेरे चोकमा आगलागीको कारण धनमाल जलेर नष्ट भएको छ। स्थानीय पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक...
झापा, असोज १७ : भद्रपुर नगरपालिका १ सेरे चोकमा आगलागीको कारण धनमाल जलेर नष्ट भएको छ।
स्थानीय पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको हो।
आगोले जलेर सामान्य घाइते पुष्पको बनियानी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:४५ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












