Kathmandu Press

नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो

काठमाडौं, असोज १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।शेयर कारोबार हुने साताको पहिलो दिन आज...
नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो

काठमाडौं, असोज १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।

शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ । 

नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अङ्कले घटेर ४८५.९८ मा झरेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ। कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा पर्यटन १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, वित्त ९७.१२, निर्जीवन बीमा १८८.५, उत्पादन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बीमा २७२.१४, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.३३ बिन्दुले घटेको छ। 

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु १५ करोड ६ लाख १६ हजार २२१ बराबरको कारोबार भयो। यस्तै नेशनल हाइड्रोपावर रु १४ करोड २४ लाख ३८ हजार ७५३, रिडी हाइड्रोपावर रु १४ करोड १० लाख ८६ हजार ४०२, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख १० हजार ९१० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९.९७, स्वाभिमान लघुवित्त ६.०५, सबैको लघुवित्त २.०८, प्रिमियर इन्स्योरेन्स १.७३ र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले १.५६ प्रतिशतले कमाए।

त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९.१९, रैराङ हाइड्रोपावर ९.१३, माउण्टेन हाइड्रो ८.५५, छ्याङ्दी हाइड्रो ७.९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्