Kathmandu Press

कम्युनिस्ट आन्दोलनका लागि फाटोवाद हानिकारक : ओली

काठमाडौं, असोज १७ : एमालेका अध्यक्ष केपी ओलीले आफू धेरै बाँचेको र जनताले असाध्यै माया गरेको देखेर एकथरीलाई ठूलो चिन्ता हुने गरेको बताएका छन्।ललितपुरको...
कम्युनिस्ट आन्दोलनका लागि फाटोवाद हानिकारक : ओली

काठमाडौं, असोज १७ : एमालेका अध्यक्ष केपी ओलीले आफू धेरै बाँचेको र जनताले असाध्यै माया गरेको देखेर एकथरीलाई ठूलो चिन्ता हुने गरेको बताएका छन्।

ललितपुरको गोदावरीमा जारी एमालेको पहिलो विधान महाधिवेशनमा आफूद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले भने,  ‘विरोधीहरू दुईटा कुरामा चिन्तित छन्, एउटा त म बाँचिरहेकाले, अर्को कार्यकर्ता र जनताले असाध्यै माया गरेकाले।’

मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाले हुन्थ्यो भनेर सोच्नेहरु आफू बाँचिरहेको देख्दा चिन्तामा परेको उनको भनाइ थियो। उनले कम्युनिस्ट आन्दोलनको एकता र विकासका लागि फाटोवाद एकदमै हानिकारक रहेको उल्लेख गरे।

त्यस्ताे फाटोवादविरुद्ध जुध्नुपर्नेमा उनले जोड दिए। विरोधीहरुले एमालेमा बोल्न नपाइने, देवत्वकरण गरिएको भनी उठाएका कुराको पछि नलागन उनले प्रतिनिधिहरूलाई आग्रह गरे।

ओलीले पार्टीलाई बहुमत दिलाएर मात्र नेतृत्व छाड्ने बताए।  ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो,’ उनले भने।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्