Kathmandu Press

२४ घन्टामा ६७९ जना नयाँ संक्रमित, निको  हुने १४०५ जना, ७ काे मृत्यु 

अहिले देशभरिमा १६,८०४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
२४ घन्टामा ६७९ जना नयाँ संक्रमित, निको  हुने १४०५ जना, ७ काे मृत्यु 

काठमाडौं, असोज १७ : पछिल्लो २४ घन्टामा देशभरिमा ६७९ जना कोरोना संक्रमित थपिएका छन्।

७,०७० जनामा गरिएको पिसिआर परीक्षणबाट ५७४ र ३८५० जनामा गरिएको एन्टिजेन परीक्षणबाट १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९७,१९२ जनामा र एन्टिजेन परीक्षणबाट ९२,०३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,४०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६९,२२४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१६४ पुगेको छ।

अहिले देशभरिमा १६,८०४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १५,५३४ जना होम आइसोलेसनमा र १,२७० जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी ३३७ सजनको आईसियुमा उपचार भइरहँदा १०४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्