Kathmandu Press

आइएमई डबलको डबलको डबल अफर दोस्रो हप्ताका विजेता घोषित

काठमाडौं, असोज १७ : आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत दोस्रो हफ्ताको विजेता सार्वजनिक गरेको छ।सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा...
आइएमई डबलको डबलको डबल अफर दोस्रो हप्ताका विजेता घोषित

काठमाडौं, असोज १७ : आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत दोस्रो हफ्ताको विजेता सार्वजनिक गरेको छ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका हुन्। पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो। उनीहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए।

अफर अनुसार आइएमईले उहाँहरू वा निजको सिफारिसमा उहाँहरूका निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रुपैयाँ उपहार स्वरूप प्रदान गर्ने कम्पनीले जनाएको छ। आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबलको डबलको डबल अफर यहीँ असोज १ देखि कात्तिक २६ (सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कुल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुईजनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ। साथै आइएमई पेमा रकम प्राप्त गर्दा दुई सय रुपैयाँ थप बोनसको व्यवस्था रहेको छ।

अफर अवधिमा विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। सेवा र सर्तअनुसार विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैन। सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ।

छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ। योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेब पेज, सामाजिक संजाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्