Kathmandu Press

‘दसैंलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाउन सुरु हुन्छ’

काठमाडौं, असोज १७ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्ध १ करोड डोज खोप आउने सुनिश्चित भइसकेको...
‘दसैंलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाउन सुरु हुन्छ’

काठमाडौं, असोज १७ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्ध १ करोड डोज खोप आउने सुनिश्चित भइसकेको बताएका छन्।

आज (आइतबार) कान्ति बाल अस्पताललाई बुद्धिस्ट चुजी च्यारिटी फाउन्डेसनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दसैंलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाउन सुरु गरिने बताए।

४० लाख मोडेर्ना र ६० लाख फाइजरको खोप खरिदको व्यवस्था गरिएको र दसैंलगत्तै फाइजरको १ लाख खोप आउने भएकाले १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाउन सुरु गरिने योजना बनेको उनले जानकारी दिए।

दसैंपछि १ लाख डोज खोप आएपछि फागुनसम्म क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराउँदै जाने उनको  भनाइ थियो।

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन सरकार केन्द्रित रहेको पनि राज्यमन्त्री श्रेष्ठले बताए। कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्