Kathmandu Press

एमालेमा ७० नाघेपछि उम्मेदवार बन्न नपाइने, पदासीन रहँदा ७० पुगे कार्यकाल पूरा गर्न पाइने

काठमाडौं, असोज १७ : एमालेको  कार्यकारी पदमा उम्मेदवार हुन उमेर हद निर्धारण गरिएको छ।ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासिचव विष्णु...
एमालेमा ७० नाघेपछि उम्मेदवार बन्न नपाइने, पदासीन रहँदा ७० पुगे कार्यकाल पूरा गर्न पाइने

काठमाडौं, असोज १७ : एमालेको  कार्यकारी पदमा उम्मेदवार हुन उमेर हद निर्धारण गरिएको छ।

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासिचव विष्णु पौडेलले ७० वर्ष नाघेपछि कार्यकारी पदमा उठ्न नपाइने जानकारी दिए।

पौडेलले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाइने तर कुनै व्यक्ति कार्यकारी पदमा रहिरहेका बेला ७० वर्ष पुग्यो भने सो कार्यकालभरि पदमा रहिरहन पाउने बताएका थिए।

कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उही तहको कार्यकारी पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल उम्मेदवार बन्न नपाउने पिन उनले स्पषट पारे। 

प्रकाशित मिति: १५:१० बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्