Kathmandu Press

एमालेको पदाधिकारी १५ सदस्यीय हुने, पोलिटब्युरो नरहने

काठमाडौं, असोज १७ : एमालेको पदाधिकारी १५ सदस्यीय हुने भएको छ।ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासिचव विष्णु पौडेलले प्राप्त...
एमालेको पदाधिकारी १५ सदस्यीय हुने, पोलिटब्युरो नरहने

काठमाडौं, असोज १७ : एमालेको पदाधिकारी १५ सदस्यीय हुने भएको छ।

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासिचव विष्णु पौडेलले प्राप्त सुझावका आधारमा पदाधिकारी संख्या १५ जना हुने व्यवस्था गरिएको बताए।

१५ सदस्यीयमा एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने पौडेलले बताए। पदाधिकारी नै पार्टीको सचिवालय हुने पनि बताइएको छ।

एमाले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुँदा स्थायी कमिटी भने ४५ सदस्यीय हुने पनि पौडेलले बताए। तर यसअघि रहँदै आएको पोलिटब्युरो भने अब नरहने जानकारी उनले दिए।

एमालेको विधान महाधिवेशन आज आइतबार सकिँदै छ। उक्त महाधिवेशन शुक्रबार सुरु भएको थियो।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्