Kathmandu Press

लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, असोज १७ : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले नगद र बोनस गरी २७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।शुक्रबार बसेको सञ्चालक समितिको बैठकले...
लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, असोज १७ : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले नगद र बोनस गरी २७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरसहित ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

कम्पनीले अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश गरी कुल २२.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्