Kathmandu Press

जनजाति महासंघका पूर्वअध्यक्ष लेखी एमालेमा प्रवेश

काठमाडौं, असोज १७ : नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमालेमा प्रवेश गरेका छन्।ललितपुरको गोदावरीस्थित सनरायज हलमा जारी एमाले विधान महाधिवेशनको अन्तिम दिन...
जनजाति महासंघका पूर्वअध्यक्ष लेखी एमालेमा प्रवेश

काठमाडौं, असोज १७ : नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमालेमा प्रवेश गरेका छन्।

ललितपुरको गोदावरीस्थित सनरायज हलमा जारी एमाले विधान महाधिवेशनको अन्तिम दिन पार्टी अध्यक्ष केपी ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन्। लेखीसँगै अरू ५४ जना एमालेमा प्रवेश गरेका छन्। 

लेखीलाई महाधिवेशनस्थलमा महासचिव ईश्वर पोखरलले टीका लगाइिदएका थिए। 

थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री रहेका लेखीले तीन दिनअघि मात्र महन्थ ठाकुरको नेतयत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेका थिए।

लेखीले यसअघि नै विचार र भावना मिल्ने पार्टी रोज्ने क्रममा आफू एमालेमा प्रवेश गर्न लागेको बताएका थिए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सर्लाही जिल्ला नेता अमर धमला पनि एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्