राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं, असोज १७ : राष्ट्रियसभाको आज (आइतबार) को बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो।
राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ।
यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो।
प्रकाशित मिति: १४:०४ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











