एक किलाे गाँजासहित एक जना पक्राउ
कास्की, असोज १७ : पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजासहित सोही महानगरपालिका-८ बस्ने पाल्पा माछागढी गाउँपालिका–१ घर भएका २१...
कास्की, असोज १७ : पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजासहित सोही महानगरपालिका-८ बस्ने पाल्पा माछागढी गाउँपालिका–१ घर भएका २१ वर्षीय अजय घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ब.१ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १४:०४ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












