Kathmandu Press

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

साना, असोज १७ : साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन्। ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको...
साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

साना, असोज १७ : साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन्। ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ। 

त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रवासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन्। 

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए। त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ। घाइतेहरुलाई यमनी अस्पतालमा पु¥याइएको छ। 

उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ।
 

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्