Kathmandu Press

कांग्रेस अधिवेशन : काठमाडौंका सात नगरमा चुनिए सभापति

एउटा वडाको अधिवेशन बाँकी रहँदा दक्षिणकाली नगरपालिकाको नगर अधिवेशन रोकिएको छ। काठमाडौं महानगरपालिकामा अहिले मतदान जारी छ। कीर्तिपुर र चन्द्रागिरिमा सहमतिमै नेतृत्व चयको प्रयास भइरहेको छ। बाँकी सात पालिकाको नेतृत्व चयन भइसकेको छ। 
कांग्रेस अधिवेशन : काठमाडौंका सात नगरमा चुनिए सभापति

काठमाडौं, असोज १७ : काठमाडौं जिल्लामा पर्ने एक महानगरपालिका र १० नगरपालिकामध्ये दक्षिणकालीबाहेक १० वटामा शनिबार सम्पन्न भएकाे छ। अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा पनि आज (आइतबार) देखि आउन थालेको छ।

एउटा वडाको अधिवेशन बाँकी रहँदा दक्षिणकाली नगरपालिकाको नगर अधिवेशन रोकिएको हो। काठमाडौं महानगरपालिकामा अहिले मतदान जारी छ। काठमाडौं महानगर सभापतिका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्य प्रतिस्पर्धामा छन्।

कीर्तिपुर र चन्द्रागिरिमा सहमतिमै नेतृत्व चयको प्रयास भइरहेको छ। बाँकी सात पालिकाको नेतृत्व चयन भइसकेको छ। 

बुढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनी १ सय ५५ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ मत पाए। अर्का उम्मेदवार राजुविक्रम थापाले ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।

कागेश्वरी मनहराको नगर सभापतिमा अधिवेशनबाट उद्धव दाहाल विजयी भएका छन्। १ सय ५१ मत पाएर उनी विजयी हुँदा निकटतम प्रतिस्पर्धी मिठाराम दाहालले १ सय ३८ मत पाए।

कृष्णहरि महर्जन तारकेश्वरको नगर सभापति चयन भएका छन्। उनी १ सय ३५ मत प्राप्त गरी विजयी भएका थिए।  उनका प्रतिद्वन्द्वी श्रीराम थापाले १ सय १४ मत ल्याए। अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए ।

तारकेश्वर उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन्। सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् भने सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल  चुनिएका छन्।

शंखरापुर नगरपालिकामा सम्पन्न अधिवेशनले दिलीपकुमार श्रेष्ठलाई सभापति बनाएको छ। उनले सत्यमान लामालाई पराजित गरेका थिए। त्यहाँ उपसभापति मिलन खड्का र अमित प्रधान तथा सचिवमा रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भए।

टोखा नगरपालिकाको नगर सभापतिमा दीपक जोशीलाई पछि पार्दै ओमकृष्ण विमली निर्वाचित भएका छन्। विमलीले १ सय १७ मत प्राप्त गरे भने जोशीले १ सय ६ मत पाए।

नगर कार्यसमितिको उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी निर्वाचित भएका छन् भने सचिवमा नरेन्द्र बाँनिया र द्वारिका कुइँकेल विजयी भएका छन्।

गोकर्णेश्वर नगरपालिकाको नगर सभापतिमा कुमार लामा चुनिएका छन्। १ सय ९ मत ल्याएका उनले रामजी श्रेष्ठलाई पराजित गरेका थिए। श्रेष्ठले ९३ मत प्राप्त गरे।

उपसभापतिमा विकास श्रेष्ठ र बच्चु ढुंगेल तथा सचिवमा जयराम विष्ट र रमेश रिजाल विजयी भए। सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन् ।

नागार्जुन नगरअधिवशेनबाट सभापतिमा दुर्गा गौतम विजयी भएका छन्। उनले अच्यूत पाण्डेलाई पराजित गरेका हुन्।

काठमाडौं महानगरपालिको नयाँ नेतृत्वका लागि जारी मतदान सकिएलगत्तै मतगणना हुने निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: १३:३० बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्