Kathmandu Press

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ३० हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ३० हजार बढी संक्रमित

लण्डन, असोज १७ : बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ संक्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। 

यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको जनाइएको छ। गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना संक्रमित थपिएका सो समाचारमा जनाइएको छ। 

Hardik ivf

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै संक्रमित भेटिएको पाइएको थियो। शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ। थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता संक्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका जानकारी दिएका छन्।
 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्